नेपाल फर्मा एक्सपाे-२०२२ आजबाट सुरु
 
            काठमाडौं, ९ वैशाख। आठौं 'नेपाल फर्मा एक्स्पो २०२२' आजदेखि चितवनमा सुरु हुँदै छ।
नेपाल औषधि उत्पादक सङ्घले आजबाट सुरु गर्न लागेको एक्सपाे ११ गतेसम्म चल्ने छ ।
नेपालमा भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने, नेपालको औषधि उत्पादनलाई अन्तराष्ट्रिय स्तरसम्म पुयाउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्ने, औषधि प्राविधिक र फर्मासिस्टहरूलाई अन्तराष्ट्रिय स्तरको नविन प्राविधिक ज्ञान दिने उदेश्यले एक्स्पोको आयोजना गरिएको हो।
एक्स्पोमा १ सय ६० स्टल रहनेछन्। औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १२० वटा बहुराष्ट्रिय कम्पनी र ४० वटा नेपाली औषधि उद्योगहरूले समेत एक्स्पोमा भाग लिनेछन्।
यस पटकको एक्स्पो नेपालमा औषधि उत्पादन क्षेत्रले अगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने अभियानमा केन्द्रित हुने सङ्घका उपाध्यक्ष तथा एक्स्पोका मिडिया कोर्डिनेटर सन्तोष बरालले जानकारी दिए।
यसअघि फागुनमा हुने भनिएको एक्सपो कोभिड १९ को सङ्क्रमणको जोखिमका कारण स्थगित भएको थियो ।
 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                