आधारभूत अस्पतालमा दन्त चिकित्सकको समेत दरबन्दि राख्न डेन्टल एसोसिएसनको माग 



Download our app to get more features

काठमाडौं,६ वैशाख । नेपाल डेन्टल एसोसिएसनले आधारभूत अस्पतालमा समेत दन्त चिकित्सकको दरबन्दि राख्न माग गरेको छ ।

एसोसिएसनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आधारभूत अस्पतालमा समेत दन्त चिकित्सकको दरबन्दि राख्न ध्यानाकर्षण गराएको हो । 

मन्त्रालयले स्थानीय तहमा निर्माण भइरहेको ५,१० र १५ शय्याका अस्पतालका लागि आवश्यक पर्ने जनशक्तिको प्रारम्भिक प्रस्तावमा दन्त चिकित्सकलाई समावेश नगरेको र यसले आम जनताहरूको मुख स्वास्थ्य ओझेलमा पर्ने एसोसिएसनले जनाएको छ । 

नेपालमा लगभग ४ हजार दन्त चिकित्सक र ७ सयको हाराहारीमा दन्त विशेषज्ञ भएपनि सरकारी सेवा प्रवाहमा न्यून मात्रामा दन्त चिकित्सक रहेको एसोसिएसनले जनाएको छ । 

एसोसिएसनका उपाध्यक्ष डा.अजय साहले आम जनताहरूको मुख स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले स्थानीय तहमा निर्माण भइरहेको ५,१० र १५ शय्याका अस्पतालमा दन्त चिकित्सकको दरबन्दि राख्नुपर्ने बताए । 

मङ्गलवार एसोसिएसनका उपाध्यक्ष डा.साह,सचिव डा.विश्वप्रकास ठाकुर र कोषाध्यक्ष डा.निश्चल कुँवर र सदस्य डा. हरी ओलीले स्वास्थ्य  मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
 

Last modified on 2022-04-20 10:29:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts