आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै



Download our app to get more features

काठमाडौंँ, ६ वैशाख । सरकारले आजबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । 

देशभरका ७ सय ५३ वटै पालिकामा आज र भोलि राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा पोषण शाखाका अनुसार देशभरका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजारभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाइने छ । 

भिटामिन ‘ए’ कार्यक्रमका लागि देशभर करिब ५२ हजार जना महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन् ।

सरकारले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिन ‘ए’ र २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई जुकाको औषधि खुवाउने गरिएको हो ।
 

Last modified on 2022-04-20 10:02:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts