संस्कृतिविद् सत्यमोहन जोशी आइसियूमा
काठमाडौं,३ वैशाख । संस्कृतिविद् सत्यमोहन जोशीलाई स्वास्थ्यमा थप समस्या आएपछि आइसियूमा सारिएको छ ।
बिहीबार अपरान्ह ४ बजेतिर छातीमा असजिलो भएर इमर्जेन्सीमा आएको र जाँचपश्चात मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकोले उनलाई अस्पताल भर्ना गरिएको थियो ।
शुक्रबार राति ११ बजेदेखि मुटुको चालमा अस्थिरता भएको कारण सूक्ष्म निगरानीका लागि आइसियूमा सारिएको किस्ट अस्पतालले जनाएको छ ।
Last modified on 2022-04-17 09:50:27