देशभर ३ हजार ९ सय ३ कोरोना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि
काठमाडौं,२ वैशाख । नेपालमा गत २४ घन्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ३ हजार ९ सय ३ कोरोना परीक्षण गरिएको छ । जसमा ३ हजार ३० आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १४ र ८ सय ७३ एन्टीजेन परीक्षण गर्दा शून्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ५५ जना स्वस्थ भएका छन् । योसँगै कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६६ हजार २ सय ५९ पुगेको छ।
गत २४ घन्टामा देशभर ७ हजार ८ सय ९४ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन । त्यस्तै सक्रिय संक्रमितको संख्या ४ सय ३८ रहेको छ ।