विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोस यही  वैशाख ८ गते नेपाल आउँदै 



Download our app to get more features

काठमाडौं,२ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयसस यही  वैशाख ८ गते नेपाल आउँदै छन् । टेड्रोस  ३ दिने भ्रमणका लागि यही वैशाख ८ गते नेपाल आउन लागेका हुन् । 

महानिर्देशक टेड्रोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा पुनम क्षेत्रपाल सिंह र संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डा शम्भु आचार्य पनि आउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । 

नेपालमा रहँदा डा.टेड्रोससहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

Last modified on 2022-04-16 07:25:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts