लक्षित जनसंख्याको ८३ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप



Download our app to get more features

काठमाडौं,१ बैशाख । नेपालमा लक्षित जनसंखयाको ८३ दशमलव १ प्रतिशतले कोरोना भाइरसबिरुद्धको पुर्ण मात्रा खोप लगाएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारसम्मको तथ्यांक अनुसार १८ वर्ष वा सो भन्दा माथि उमेर समूहका ८३ दशमल १ प्रतिशत अर्थात १ करोड ६५ लाख ५० हजार २ सय २३ जनाले पूर्ण मात्रामा कोभिड विरुद्धको खोप लगाइसकेका छन्।

त्यसैगरी ९३ दशमलव ९ प्रतिशत अर्थात १ करोड ८७ लाख ६ हजार ६५ जनाले कम्तीमा एक मात्राको खोप लगाएका छन् । कुल जनसंख्याको ६६ दशमलव २ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् भने ७५ दशमलव ८ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाएका छन्।

यस्तै अतिरिक्त मात्राको खोप २३ लाख ४७ हजार २ सय २२ जनाले लगाएका छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts