यस वर्षको हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड डा.उपाध्यायलाई



Download our app to get more features

काठमाडौं, ३० चैत । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले विभिन्न विधाका डक्टरहरूलाई सम्मान गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको आठौं राष्ट्रिय सम्मेलनको अवसरमा परिषदले प्रा.डा. मदनप्रसाद उपाध्यायलाई हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ । डा. उपाध्याय त्रिवि शिक्षण अस्पतालका पूर्व डीन हुन् ।

विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एसिया क्षेत्रीय अफिसको क्षेत्रीय सल्लाहकारका रुपमा ११ देशका लागि लामो समय काम गरेका डा.उपाध्याय बाल, आँखा, कान, नाक, घाँटी अस्पताल एवं पुर्नस्थापना केन्द्रका संस्थापक अध्यक्ष पनि हुन् ।

परिषदले डा. उपाध्यायसहित विभिन्न विधामा रिसर्च अवार्ड समेत प्रदान गरेको छ । जसमा  यस वर्षको हेल्थ रिसर्च अवार्ड डा.सरुना घिमिरेलाई प्रदान गरिएको छ ।

यस्तै, मृगेन्द्र–सम्झना मेडिकल ट्रष्ट ओरेसन अवार्ड– प्रा.डा. रिता थापा, वेस्ट रिसर्च पेपर अवार्ड डा. गुणराज ढुङ्गाना, एनएचआरी योङ्ग हेल्थ रिसर्चर अवार्ड (हेल्थ साइन्स) अच्युतराज पाण्डे, मृगेन्द्र–सम्झना मेडिकल ट्रष्ट योङ्ग हेल्थ रिसर्चर अवार्ड (मेडिकल डाक्टर) डा. अपेक्षा निरौला, मृगेन्द्र–सम्झना मेडिकल ट्रष्ट हेल्थ रिसर्चर अवार्ड (एनएचआरसी स्टाफ) अनिल पौडेल, वेस्ट रिसर्च पेपर (पोस्टर) सोनिया श्रेष्ठ, वेस्ट रिसर्च पेपर (ओरल) डा. रवा थापा, वेस्ट इम्प्लोइ अवार्ड अजय कुमार लाल कर्णलाई प्रधान गरिएको छ । 

 

Last modified on 2022-04-13 16:57:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts