एक अङ्कमा झर्यो कोरोना सङ्क्रमितको सङ्ख्या, ६ सयभन्दा कम सक्रिय सङ्क्रमित



Download our app to get more features

काठमाडौं, २७ चैत । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक अङ्कमा झरेको छ ।

कोरोना परीक्षण गराउनेको सङ्ख्या घट्न थालेसँगै नेपालमा नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या पनि घट्न थालेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर जम्मा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ हजार ७ सय ४० कोरोना परीक्षण गरिएको छ । जसमा आरटी पिसिआर विधिबाट १८ सय नमुना  परीक्षण गर्दा ३ जना र एन्टीजेन विधिबाट ९ सय ४० नमुना परीक्षण गर्दा २ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

देशभर नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या निरन्तर उकालो लाग्दै जादा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि ६ सयभन्दा कम भएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ९२ रहेको छ ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप ४८ जना स्वस्थ भएका छन् ।

 

Last modified on 2022-04-13 16:55:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts