देशभर थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि, निको हुनेको दर ९८ प्रतिशतमा स्थिर



Download our app to get more features

काठमाडौं, २६ चैत । देशभर थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ४ हजार १ सय ५५ कोरोना परीक्षण गरिएको छ । जसमा २ हजार ५ सय ३९ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा १२ जना र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १ जनामा मात्रै सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ७८ हजार ५ सय ६८ र एन्टीजेन विधिबाट १ लाख ४० हजार १ सय ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप ४४ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६५ हजार ९ सय ८० पुगेको छ । योदर कुल सङ्क्रमितको ९८ दशमलव ७ प्रतिशत हो ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ३७ रहेको छ ।

 

Last modified on 2022-04-13 16:54:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts