स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको सम्मेलन भोलिदेखि, ४० वटा अवधारणापत्र प्रस्तुत गरिने
काठमाडौँ, २६ चैत । स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको सम्मेलन भोलिबाट सुरु हुँदैछ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापनाको उपलक्ष्यमा हरेक वर्ष गर्दै आइरहेको सम्मेलन भोलिदेखि चैत २९ सम्म चल्ने छ ।
परिषदले ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवद्र्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका सम्मेलनको आयोजना गर्न लागेको हो ।
कोरोना महामारीका कारण यसअघिका २ वर्ष भर्चुअल माध्यमबाट गरिएको सम्मेलन यसवर्ष भौतिक रुपमा काठमाडौंमा हुने परिषदले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सम्मेलनको उद्घाटन गर्नेछन् ।
सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या विषयसँग सम्बन्धित ४० वटा अवधारणापत्र तथा पोस्टर प्रस्तुतिकरणका लागि ८७ वटा अवधारणाहरू समावेश गरिने तथा सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तर्राष्ट्रिय विज्ञलाई आमन्त्रित प्रस्तुतिकरणका लागि आमन्त्रण गरिएको परिषद्ले जनाएको छ ।