आज छैठौँ स्वास्थ्य बीमा दिवस,६ वर्षमा २० प्रतिशत मात्र बीमित



Download our app to get more features

काठमाडौं,२५ चैत ।  आज छैठौँ स्वास्थ्य बीमा दिवस मनाइदै छ । यो वर्ष तपाईको स्वास्थ्य हाम्रो अठोट भन्ने मुल नाराका साथ स्वास्थ्य बीमा दिवस मनाउन लागिएको हो । 

बोर्डका अनुसार हालसम्म ५३ लाख ४ हजार २ सय ७० जना आवद्ध भएका छन् । त्यस्तै १५ लाख ८ हजार ५ सय १४  अर्थात २७।७९ प्रतिशत कूल बीमित परिवार रहेका छन् । कूल बीमितमध्ये २० लाख ८९ हजार ५ सय ९९  अर्थात  ३९ दशमलब ३९ जनाले सेवा लिएको बोर्डले जनाएको छ । 

२०७२ चैत २५ देखि कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हाल ७७ जिल्लाका ७ सय ४५ स्थानीय तहमा विस्तार भएको बोर्डले जनाएको छ ।  कुल बिमित मध्ये अति गरिब परिवारको बीमित सदस्य संख्या ४ लाख ८८ हजार ४, ज्येष्ठ नागरिक परिवारको बीमित सदस्य संख्या ६ लाख ३४ हजार ७ सय ३५, एचआईभी संक्रमित परिवार बीमित सदस्य संख्या २५ हजार २ सय ८९ रहेको छ । 

त्यस्तै  अति अशक्त अपाङ्गता भएका परिवारको बीमित सदस्य संख्या ९३ हजार ६ सय २९, कुष्ठरोग संक्रमितको परिवारको बीमित सदस्य संख्या २ हजार ८ सय ४९, एमडिआर क्षयरोगी परिवारको बीमित सदस्य संख्या २ हजार ४ सय ७४ र महिला स्वास्थ्य स्वयंसेविका परिवारको बीमित सदस्य संख्या ८३ हजार ६ सय २६ रहेको बोर्डले जनाएको छ । 

बोर्डले छैटौँ वार्षिकोत्सवको अवसर पारेर अनलाईन नविकरण र एच.आई.भी प्रोफाइल मोबाइल एप्लिकेसन सार्वजनिक गर्दै छ । 

बोर्डका कार्यकारी निर्देशक दामोदर बर्तौलाका अनुसार यस एप्लिकेसनबाट स्वास्थ्य बीमा गराएकाहरुले उपचार गर्दा कति खर्च लाग्यो, कति रकम बाँकी छ लगायतका विषयमा जानकारी पाइने छ ।
 

Last modified on 2022-04-08 15:04:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts