डा.केसीले शनिवार रुसी दूतावास अगाडि अमानवीय युद्धको शान्तिपूर्ण विरोध गर्ने 



Download our app to get more features

काठमाडौं,२४ चैत । डा गोविन्द केसीले शनिवार रुसी दूतावास अगाडि अमानवीय युद्धको शान्तिपूर्ण विरोध गर्ने भएका छन् । 

केसी रुसी राष्ट्रपति पुटिन ले एक स्वतन्त्र लोकतान्त्रिक छिमेकी मुलुक युक्रेनमाथि कुनै औचित्य विना (सम्भवतः साम्राज्य विस्तार गर्ने तानाशाही अहम्का कारण) छ हप्ता अघि निर्मम तरिकाले सैन्य आक्रमण शुरू गरेको बताउँदै त्यसको शान्तिपूर्ण विरोध गर्ने बताएका हुन् । 

उनले आक्रमणका कारण  बालबालिका, गर्भवती महिलालगायत हजारौं को मृत्यु भएको र ४० लाख भन्दा बढी युक्रेनी महिला, वृद्धवृद्धा र बालबालिकाहरु छिमेकी देशमा शरण लिन वाध्य भएको बताएका छन् ।  

त्यस्तै हजारौं सार्वजनिक भवन र संरचना तथा आवासीय र व्यापारिक भवनहरू ध्वस्त वनाइएका छन् भने लाखौं युक्रेनीहरु खाद्य पदार्थ, पानी, औषधि उपचार र न्यानो लत्ताकपडाविना आक्रमणको भयमा कैदीको त्रासदीपूर्ण जीवन विताउन वाध्य भएको उनको भनाई छ ।  

केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'यो अमानवीय नरसंहार र युद्ध अपराध हो । अहिले युक्रेनमाथि रुसको ज्यादती जारी छ र छिटै अन्त्य हुने सम्भावना छैन । एकाइसौं शताब्दीमा यस्तो हुन सक्छ भनेर कल्पना पनि गर्न नसकिने कुरा हो । बीसौं सताब्दीका हिटलर भन्दा क्रुर बनेका छन् एकाइसौं सताब्दीका पुटिन । जिम्मेवार नागरिक र मानवका हैसियतले हामी पुटिनको यस्तो अमानविय व्यवहारको मौन दर्शक बनेर बस्न मिल्दैन।'

Last modified on 2022-04-08 07:04:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts