प्रधानमन्त्रीले गरे टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानको शुभारम्भ
काठमाडौं,२४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियानको शुभारम्भ गरेका छन् ।
प्रधानमन्त्रीले दरबार हाइस्कुलमा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गर्दै राष्ट्रिय खोप अभियानको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले कोभिडविरुद्धको खोप अभियानलाई सफल बनाए जस्तै गरी स्वास्थ्यकर्मीले टाइफाइड विरुद्धको अभियान पनि सफल बनाउनेमा आफू विश्वस्त रहेको बताए ।
प्रधानमन्त्रीले खोप अभियान सुरु गरेसँगै दरबार स्कुलमै १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
सरकारले देशैभरका १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइड विरुद्धको खोप अभियानकै रुपमा लगाइरहेको छ ।
Last modified on 2022-04-07 18:22:59