स्वास्थ्य सेवा तर्फका विभिन्न समूहका डाक्टरलाई ११ औं तहमा बढुवाका लागि सिफारिस
काठमाडौँ, २४ चैत । लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फका विभिन्न समूहका डाक्टरलाई ११ औं तहमा बढुवाका लागि सिफारिस गरेको छ ।
आयोगले लिखित र अन्तरवार्ता परीक्षापछि बढुवाका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सिफारिस गरेको हो ।
आयोगले अर्थोपेडिक सर्जरी उपमूहको ११ औं तहमा डा. बद्री रिजाललाई सिफारिस गरेको छ । उक्त पदमा १ जना माग गरेकोमा लिखित परीक्षाबाट अन्तरवार्ताका लागि डा. रिजाल मात्र छनोट भएका थिए । अन्तरवार्तापछि आयोगले डा. रिजाललाई स्वास्थ्य मन्त्रालयमा बढुवाका लागि सिफारिस गरेको हो ।
यस्तै न्यूरो सर्जरी उपमूहमा डा. विनोद राजभण्डारी सिफारिस भएका छन् भने डा. सुमन फुयाँल वैकल्पिकमा परेका छन् ।
ग्याष्ट्रोइन्टेरोलोजिकल सर्जरी उपमूहमा डा. निराजन सुवेदी सिफारिस भएका छन् भने डा. टेकनारायण यादव वैकल्पिकमा परेका छन् ।