२५ गतेबाट सुरु हुने टाइफाइडविरुद्धको खोप अभियान प्रधानमन्त्रीले उद्घाटन गर्ने
 
            काठमाडौं,२३ चैत । सरकारले यही २५ गतेबाट सुरु गर्न लागेको टाइफाइडविरुद्धको खोप अभियान प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन्।
चैत २४ गते बिहान दरबार हाई स्कुल रानीपोखरीमा देउवाले कार्यक्रमको उद्घाटन गर्ने भएका हुन् ।
सरकारले १५ महिनादेखि १५ वर्ष मुनिका झण्डै ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ ।
प्रत्येक वडामा तोकिएको विद्यालयहरू खोप केन्द्र रहने सरकारले जनाएको छ । विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकता अनुसार बाह्य खोप केन्द्र सञ्चालन गरिनेछ। अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप सेवा सञ्चालन हुने छ ।
 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                