एमबीबीएस र बीएस्सी नर्सिङ लगायतको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक



Download our app to get more features

काठमाडौं,२३ चैत । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

आयोगले चैत्र १८ गते सञ्चालन गरेको स्नातक तह अन्तर्गतको एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङ, बिएएसएलपी, बीफर टेक्नोलोजीको नतिजा सार्वजनिक गरिएको हो । 

परीक्षामा १७ हजार ४ सय ६७ जना विद्यार्थी सहभागी भएकोे आयोगले जनाएको छ । त्यसमध्ये ८ हजार ६ सय ८७ उम्मेद्‍वारले र विदेशी परीक्षार्थीतर्फ ६० उम्मेद्‍वारको नाम निस्किएको छ ।

चिकित्सा शिक्षा आयोगले यो वर्षको एकीकृत प्रवेश परीक्षाको नतिजामा पर्सेन्टाइल प्रणाली लागू गरेको छ । आयोगले गत वर्ष कार्यान्वयन गरेको पद्धतिमा २ सय पूर्णाङ्कमा सञ्चालित परीक्षामा न्यूनतम १ सय अंक अर्थात् ५० प्रतिशत अंक ल्याउने विद्यार्थी मात्र चिकित्सा शिक्षामा भर्ना हुन पाउने व्यवस्था गरेको थियो ।

आयोगले चार उम्मेद्‍वारको परीक्षा रद्द गरेको जनाएको छ । प्रवेश परीक्षाको उत्तर पुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेद्‍वारका उत्तर पुस्तिकाहरु तथा परीक्षाको मर्यादा विपरित कार्य गरेका, गर्न लगाएका चार जनाको परीक्षा एकीकृत प्रवेश परीक्षा समितिको निर्णय अनुसार रद्द गरेको आयोगले बताएको छ ।

Last modified on 2022-04-06 16:36:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts