चैत २५ देखि टाइफाइडविरुद्धको खोप अभियान,झण्डै ७५ लाख बालबालिकासम्म पुग्ने लक्ष्य



Download our app to get more features

काठमाडौं,२२ चैत ।  चैत २५ देखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ । यो अभियान चैत २५ देखि बैशाख १८ गतेसम्म चल्ने छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारले देशभरका झण्डै ७५ लाख बालबालिकासम्म पुग्ने लक्ष्यराखेको बताएको हो । 

अभियानको क्रममा टाइफाइड खोप स्थानिय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुनेछ । विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकता अनुसार बाह्य खोप केन्द्र संचालन गरिनेछ। अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप सेवा संचालन गरिनेछ ।

टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेखनीय रुपमा कमी ल्याउन सकिने पुष्टि गरेकोले राष्ट्रिय खोप सल्लाहकार समितिबाट १४ अगष्ट, २०२० मा टाइफाइड खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरिएको थियो ।

विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगको लागि सिफारिस गरेको छ ।

Last modified on 2022-04-06 08:31:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts