कोरोनाले विदेशमा पढ्न जान रोकिएका विद्यार्थीहरूलाई निवेदन दिन शिक्षा मन्त्रालयको आग्रह
 
            काठमाडौं,२१ चैत । कोरोना महामारीका कारण विदेशमा पढ्न जान रोकिएका विद्यार्थीहरूलाई निवेदन दिन शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले सुचना जारी गर्दै कोरोना महामारीका कारण विदेशमा पढ्न जान रोकिएका विद्यार्थीहरूलाई चैत २५ भित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिन आग्रह गरेको हो ।
चैत २५ भित्र मन्त्रालयको शिक्षा शाखाको इमेल [email protected] मा निवेदन दिन पनि मन्त्रालयले आग्रह गरेको छ ।
कोरोना महामारी र लकडाउनका कारण चीनलगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केका थिए ।
 
                
                
                     Last modified on 2022-04-04 13:32:46                
                 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                