अबदेखि कोरोनाविरुद्धको बुस्टर मात्रा खोप ३ महिनामै दिइने
 
            काठमाडौं,२० चैत । अबदेखि कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप तीन महिनामै दिइने भएको छ ।
राष्ट्रिय खोप सल्लाहकार समितिले कोभिड–१९ को खोपको पहिलो मात्रा पूरा गरेको तीन महिनापछि नै बुस्टर खोप दिने निर्णय गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले सबै प्रदेशका स्वास्थ्य निर्देशनालय,प्रदेश स्वास्थ्य आपुर्ति केन्द्र र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै पहिलो श्रृंखलाको खोप पूरा गरेको तीन महिनामै बुस्टर डोज दिन आग्रह गरेको छ।
यसअघि खोपको पहिलो शृङ्खला पूरा गरेको ६ महिनापछि मात्रै बुस्टर मात्रा लगाउने गरिएको थियो ।
 
                
                
 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                