पद्मा अस्पतालमा बिरामीको मृत्यु : दुवै पक्षबीच सहमति,आफन्तले शव बुझे



Download our app to get more features

धनगढी,१९ चैत ।  कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा मृत्यु भएका बिरामीको शव आफन्तले बुझेका छन्। अस्पताल प्रशासन, प्रहरी प्रशासन र स्थानीय तथा आफन्तबीच सहमति भएपछि उनीहरुले शव बुझेका हुन्।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार अस्पतालले राहत तथा क्षतिपूर्ति दिने र प्रहरीले घटनाको आवश्यक छानविन गर्ने सहमति भएको हो । 

शनिबार बिहान गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

उनको मृत्युपछि स्थानीय आक्रोशित बनेका थिए । आक्रोशित स्थानीयले डाक्टरको लापर्बाहीका कारण झाडापखाला भएका बोहराको ज्यान गएको भन्दै अस्पतालमा ढुंगामुडा समेत गरेका थिए । आक्रोशित भिड तितरवितर गर्न प्रहरीले अश्रु ग्यास समेत प्रयोग गरेको थियो।

Last modified on 2022-04-03 16:01:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts