बिरामीको मृत्युपछि कैलालीको पद्मा अस्पतालमा तनाव



Download our app to get more features

धनगढी, १९ चैत । कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।

कैलालीको गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको शनिबार बिहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि आफन्त आक्रोशित भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए । 

उनका अनुसार डाक्टरको लापरवाहिका कारण मत्यु भएको भन्दै आक्रोशित आफन्तले अस्पतालमा ढुंगामुडा प्रहार गरेका हुन् ।

आक्रोशित भिड तितरवितर गर्न प्रहरीले अश्रु ग्यास समेत प्रयोग गरेको छ ।

अहिले दुवै पक्षबीच छलफल भइरहेको प्रहरीले जनाएको छ ।

Last modified on 2022-04-02 19:12:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts