आजदेखि स्नातक तहको एकीकृत प्रवेश परीक्षा,३४ हजार बढी परीक्षार्थीहरू सहभागी हुँदै 



Download our app to get more features

काठमाडौं,१८ चैत । चिकित्सा शिक्षा आयोगले आजदेखि स्नातक तहको एकीकृत प्रवेश परीक्षा लिने भएको छ। परीक्षामा ३४ हजार ६ सय ६५ परीक्षार्थीहरू सहभागी हुने भएका छन्। 

आयोगका अनुसार पहिलो दिन १९ हजार ५ सय ८, दोस्रो दिन १२ हजार २ सय ६२ र तेस्रो दिन २ हजार ८ सय ९५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुने भएका छन् ।

आयोगले काठमाडौं उपत्यकामा मात्र एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ । त्यसका लागि परीक्षामा १ सय ११ परीक्षा  केन्द्र निर्धारण गरिएको छ। परीक्षा आाज, आइतबार र सोमबार हुने छ । 

Last modified on 2022-04-01 10:57:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts