नेपालमा वंशाणुगत रोगको निःशुल्क उपचार सुरु, जानौं वंशाणुगत रोगबारे



Download our app to get more features

काठमाडौँ, १५ चैत । नेपालमा पहिलो पटक वंशाणुगत रोगको निःशुल्क उपचार सुरु भएको छ । मुलुकको सबैभन्दा पुरानो वीर अस्पतालमा सोमवारबाट वंशाणुगत रोगको निःशुल्क उपचार सुरु भएको हो ।

वंशाणुगत रोग विशेषज्ञ डा.निलम ठाकुर नेतृत्त्वको टोलीले उपचार सुरु गरेको हो । वंशाणुगत रोगको उपचार निःशुल्क हुने भएपछि अब नागरिकलाई सहज हुने भएको छ । 

विशेषगरी रगतजन्य रोग जस्तै सिकलसेल एनिमिया, थालेसेमिया लगायतको उपचारमा सहज हुने डा.ठाकुरले बताइन् । 

नेपालमा हालसम्म वंशाणुगत रोगबारे खासै जानकारी दिने काम नभएको अवस्थामा वीरमा सञ्चालित सेवाले बिरामीलाई सहज र सचेत हुन मद्दत पुग्ने डा.ठाकुरको भनाइ छ ।

के हो वंशाणुगत रोग ?
वंशाणुगत रोग वंशबाटै सर्छ भन्ने छैन । क्रोमोजोममा हुने परिवर्तनले ल्याउने रोगलाई अनुुवांशिक वा वंशाणुगत रोग भनिन्छ । शरीरमा हुने जीनमा खराब देखिए यस्ता रोग देखिने गर्छ । जीनले नै मानिसको स्वरुप बनाउने हुनाले एउटा कुनै जीनमा समस्या आउने बित्तिकै असर देखिन्छ । 

नेपालमा पछिल्लो समय सबैभन्दा बढी डाउन सिन्ड्रोमका बिरामी उपचार र परीक्षणका लागि आउने गरेको डा.ठाकुर बताउँछिन् । उनका अनुसार पछिल्लो समय वंशाणुगत रोगको उपचार बढेको छ । थालेसेमिया, हेमोफेलिया र बच्चा धेरै खेर जाने जस्ता समस्या लिएर बिरामीहरू आउने गरेको उनले बताइन् । 

यस्ता समस्या कसलाई हुन्छ भनेर यकिन गर्न नसकिने उनको भनाइ छ । यस्ता समस्या महिला, पुरुष, बालबालिका सबैमा हुन सक्ने डा. ठाकुर बताउँछिन् । आनुवांशिक रोगहरूको सबै परीक्षण नेपालमै हुने गरेको छ । यो रोग लाग्न नदिन रोकथाम गर्नुपर्छ । रोकथाम भनेकै परीक्षण हो ।  

वंशाणुगत रोगबारे जान्नका लागि यो भिडियो हेरौंः 

Last modified on 2022-03-30 07:29:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts