पारासिटामोल ६५० एमजी उत्पादन हुँदैमा ५०० एमजीको अभाव हुँदैन : औषधी उत्पादक संघ



Download our app to get more features

काठमाडौं,१४ चैत । नेपाल औषधी उत्पादक संघले पारासिटामोल ६५० एमजी उत्पादन हुँदैमा ५०० एमजीको अभाव नहुँने बताएको छ । 

संघले एक प्रस विज्ञप्ति जारी गर्दै ६५० एमजी पनि उत्पादन गर्नको लागी अनुमति प्रदान हुँदैमा ५०० एमजी पनि अभाव नहुने र आबश्यकता अनुसार ६५० एमजी पनि उपलब्ध हुने  बताएको हो । 

विज्ञप्तिमा भनिएको छ,'पारासिटामोल ५०० एमजी लाई बिस्थापित गरि ६५० एमजी मात्र उत्पादन गर्ने भन्ने भ्रमपुर्ण अभिब्यक्तिहरु देखिएको हुनाले सबैमा ५०० एमजी को उत्पादन निरन्तर भई ६५० एमजी पनि उत्पादन गर्नको लागी अनुमति प्रदान भएको हुँदा ५०० एमजी पनि अभाव नहुने र आबश्यकता अनुसार ६५० एमजी पनि उपलब्ध हुने समेत ध्यानाकर्षण गराउन चाहन्छौ । कोभिडको समयमा समेत नेपाल तथा बिभिन्न राष्ट्रहरुमा चिकित्सकहरुले  पारासिटामोलको ६५० एमजी मात्र नभई १००० एमजी सम्मको डोज आबश्यकता महसुस गरि प्रयोग भइरहेकोे पनि यसै ध्यानाकर्षण पत्र मार्फत सबैमा अबगत गराउन चाहन्छौ।'


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts