मन्त्रीपरिषदले स्वीकृति नदिँदा अन्योलमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने कोरोना खोप

What's This?


Download our app to get more features

काठमाडौं, १४ चैत । सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने कोरोनाविरुद्धको खोपका लागि अनुमति नदिँदा खोप कार्यक्रम अन्यौलमा परेको छ । 

नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान तीव्र गतिले सञ्चालन भइरहे पनि ५ देखि ११ वर्षसम्मका बालबालिकाहरूले अझै खोप लगाउन पाएका छैनन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चैत १२ सम्म कुल ३ करोड ९७ लाख १६ हजार ७ सय ५८ मात्रा खोप लगाइएको छ । त्यसमध्ये १ करोड ८५ लाख ६८ हजार ८६ सय जनाले एक मात्रा लगाइएको छ भने १ करोड ६३ लाख १३ हजार ६ सय ९८ जनाले पूर्ण मात्रा लगाइएको छ । 

त्यस्तै २० लाख ४३ हजार ९ सय ५१ मात्रा अतिरिक्त खोप लगाइएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ४ करोड ७८ लाख ८२ हजार ८ सय मात्रा खोप प्राप्त भएको छ । 

सरकारले यसरी कोरोनाविरुद्वको खोप अभियानलाई तीव्र बनाइरहँदा ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि भने अझै खोपको टुङ्गो लाग्न सकेको छैन् । स्वास्थ्य मन्त्रालयले उक्त समूहलाई ८४ लाख मात्रा खोप आवश्यक पर्नेे आँकलन गरेको छ । 

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसिया ५ देखि ११ वर्षसम्मका बालबालिकाको लागि खोप खरिद प्रक्रियाको सबै कुरा मिलाएर मन्त्रीपरिषदमा पठाइसकेको बताउँछन् । 

चौरसिया भन्छन्, ‘हामीले सबै फाइल मन्त्रीपरिषदमा पठाइसकेका छौं, त्यहाँ पनि आफ्नो प्रक्रिया होला त्यसैले अलि ढिला भयो । अब त्यहाँबाट फाइल पास हुनेबित्तिकै हामी खोप खरिद प्रक्रियामा लाग्ने छौं ।’
 
मन्त्रीपरिषदबाट फाइल पास भएको एक महिनाभित्र खोप ल्याइसक्ने चौरसिया बताउँछन् । ‘अहिलेसम्म खोप अनुदानमा दिने भन्ने कुरा आएको छैन्,अनुदानमा नआएपनि हामी खरिद गरेर भएपनि ल्याउछौं,’ चौरसियाले भने ।

१२ देखि १८ उमेर समुहका कति बालबालिकाले पाए खोप ?
सरकारले १२ देखि १८ उमेर समुहका बालबालिकालाई फाइजर खोप दिँदै आइरहेको छ । मन्त्रालयका अनुसार आइतवारसम्म ३४ लाख ५ हजार ४ सय ५५ बालबालिकाले कोरोनाविरुद्वको खोप लगाएका छन् । 

त्यसमध्ये ३१ लख २१ हजार ६ सय २५ जनाले एक मात्रा लगाएका छन् भने २४ लाख १७ हजार ८१ ले पूर्ण मात्रा लगाइसकेका छन् । 

नेपालमा कति आयो फाइजर खोप ?
नेपालमा अहिलेसम्म आएका फाइजर खोपहरू सबै अनुदानमा आएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ फर्मेसी अधिकृत बडेबाबु थापा बताउँछन् । 

नेपालमा पहिलोपटक २०२१ को अक्टोबरमा अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १ लाख ६ सय २० मात्रा फाइजर खोप प्राप्त भएको थियो । 

त्यसपछि २०२१ को डिसेम्बरमा ६ लाख ६४ हजार ५ सय ६० मात्रा खोप प्राप्त भएको थियो भने त्यसपछि यहि चैत ११ गते ७ लाख ६१ हजार फाइजर खोप प्राप्त भएको छ । 

अमेरिकी सरकारले ९२ लाख डोज दिने घोषणा गरेअनुसार ७ लाख ६१ हजार फाइजर खोप गत शुक्रबार प्राप्त भएको र थप ८ लाख खोप आज आउने थापाले बताए । उक्त खोप १२ वर्षभन्दा माथिका बालबालिकालाई दिइने उनको भनाइ छ ।

Last modified on 2022-03-28 16:12:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts