गत २४ घन्टामा ५ हजार २ सय २२ कोरोना परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि
काठमाडौं,१३ चैत । नेपालमा गत २४ घन्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ५ हजार २ सय २२ कोरोना परीक्षण गरिएको छ । जसमा ३ हजार ७ सय ८० आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १५ र १ हजार ४ सय ४२ एन्टीजेन परीक्षण गर्दा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ सय १५ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ लाख ६४ हजार ८ सय २३ पुगेको छ।
गत २४ घन्टामा देशभर २४ हजार ६ सय ९१ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन ।