सोमबार थप ८ लाख फाइजर खोप नेपाल ल्याइदै
 
            काठमाडौं,१३ चैत । कोभ्याक्स सुविधा अन्तर्गत कोरोना भाइरसविरुद्धको थप ८ लाख फाइजर खोप सोमबार नेपाल ल्याइदै छ ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार सोमबार दोस्रो चरणको थप ८ लाख फाइजर खोप नेपाल ल्याउन लागिएको हो ।
अमेरिकी सरकारले कोभ्याक्स अन्तर्गत ९२ लाख डोज दिने घोषणा अनुसार पहिलो चरणमा गत शुक्रबार ७ लाख ६१ हजार मात्रा फाइजर खोप नेपाल ल्याइसकिएको छ ।
फाइजर खोप १२ वर्षभन्दा माथि उमेरका बालबालिकालाई दिइनेछ।
                     Last modified on 2022-03-28 10:37:03                
                 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                