नर्सिङ लाइसेन्स परीक्षामा ५५ प्रतिशत उत्तीर्ण
 
            काठमाडौं,१३ चैत । नेपाल नर्सिङ काउन्सिलले नर्सिङतर्फको २९औं मिडवाइफरीतर्फको छैटौं नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
काउन्सिलले शनिबार लिएको परीक्षाको नतिजा प्रकाशित गरेको हो । परीक्षामा ५५ प्रतिशत उत्तीर्ण भएका छन् ।
नर्सिङ तर्फको लाइसेन्स परीक्षामा १ हजार ४ सय ८३ जनाले फारम भरेका थिए । तीमध्ये ८ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी भएका 
१ हजार ४ सय ७१ जनामध्ये ८ सय ७ जना  अर्थात ५४.८६ प्रतिशत उत्तीर्ण भएका छन् ।
त्यस्तै मिडवाइफ्रीतर्फ भने तीन जना सहभागी भएकामा सबै उत्तीर्ण भएका छन् ।
 
                
                
 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                