शुक्रबार ७ लाख ६१ हजार फाइजर खोप नेपाल ल्याइयो
 
            काठमाडौं,११ चैत । शुक्रबार ७ लाख ६१ हजार फाइजर खोप नेपाल ल्याइएको छ ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत ७ लाख ६१ हजार मात्रा फाइजर खोप नेपाल ल्याइएको हो ।
अमेरिकी सरकारले ९२ लाख डोज दिने घोषणा गरेअनुसार उक्त्त खोप पहिलो चरणमा ल्याइएको छ । बाकीँ खोप ल्याउने तयारीमा रहेको विभागले जनाएको छ ।
फाइजर खोप १२ वर्ष भन्दा उमेरका नागरिकलाई दिइने छ ।
 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                