नेपालमा अब ६ सय ५० एमजीको पारासिटामोल बन्ने
 
            काठमाडौं,११ चैत । नेपालमा अब ६ सय ५० एमजीको पारासिटामोल ट्याबलेट बन्ने भएको छ।
बिहीबार बसेको औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले नेपालमा पनि ६ सय ५० एमजीको पारासिटामोल बनाउने निर्णय गरेको हो।
बैठकले ६ सय ५० एमजीको पारासिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिने निर्णय गरेको छ।
नयाँ दर्ता हुने पारासिटामोलको मूल्य भने अन्तर्राष्टिय मूल्यको अनुपातमा तोक्ने औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले बताए ।
नेपालमा हालसम्म  ५ सय  एमजीको पारासिटामोल उत्पादन हुँदै आइरहेको छ।
 
                
                
                     Last modified on 2022-03-25 15:16:58                
                 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                