म्याद गुज्रिएको औषधि बेचेपछि धनगढीको नवजीवन अस्पताललाई कारबाही
 
            धनगढी,११ चैत । म्याद गुज्रिएको औषधि बेचेको पाइएपछि धनगढीको नवजीवन अस्पताल कारबाहीमा परेको छ ।
उपमहानगरपालिका ४ रातोपुलमा रहेको अस्पतालमा उपचाररत एक बालकलाई म्याद गुज्रिएको औषधि बेचेको भन्दै आफन्तहरू उजुरी लिएर कार्यालय पुगेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीले अनुगमन गरेर बिहीबार २ लाख रुपैयाँ जरिवाना गराएको हो।
अस्पताललाई सचेत गराउँदै २ लाख रुपैयाँ जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख ललित प्रसाद पन्तले बताए । उनले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुदूरपश्चिम प्रदेशले जरिवाना गरेको जानकारी दिए ।
                     Last modified on 2022-03-25 12:23:42                
                
 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                