कर्णाली प्रदेश अस्पतालमै अब मिर्गौला प्रत्यारोपण सेवा सुरू हुने



Download our app to get more features

काठमाडौं,११ चैत । कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ।

बिहीबार भक्तपुरमा रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कर्णाली प्रदेश अस्पतालबीच सम्झौता भएको हो । सम्झौता पत्रमा केन्द्रका निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठ र कर्णालीको प्रदेश अस्पतालका निर्देशक प्रा.डा.डम्बर खड्काले हस्ताक्षर गरेका छन् । 

प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण सुरु गर्ने, कर्णाली प्रदेशका अरु विभिन्न अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने र यसका लागि राष्ट्रिय प्रत्यारोपण केन्द्रअन्तर्गत जनशक्तिको तालिम, अध्यापन गराउनेलगायतका विषयमा सहमति भएको खड्काले बताए ।

Last modified on 2022-03-25 11:09:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts