माओवादी नेता वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाँदै
काठमाडौं,११ चैत । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन अनन्त फलोअप उपचारका लागि आज चीन जाँदैछन् ।
पुन दम्पत्तिसँगै उनको नियमित उपचारमा संलग्न डा.रोशन पोखरेल पनि चीन जाँदैछन् । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए ।
जण्डिसको मात्रा (बिलुरुबिन)अनियन्त्रित रुपमा बढेर ३४ पुगेसँगै स्वास्थ्य अवस्था जटिल भएपछि पुनलाई गत १३ असोजमा थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पताल लगिएको थियो ।
दुई महिनाको उपचारपछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि पुनलाई १० मंसिरमा चीनबाट विशेषज्ञ चिकित्सकसहितको टोली आएर सेनजेन लगेको थियो ।
Last modified on 2022-03-25 09:12:52