सरकारले पारासिटामोलको एमजी बढाउन लागेको प्रति फार्मेसी संघको आपत्ति
 
            काठमाडौं,१० चैत । सरकारले पारासिटामोलको तौल बढाउन लागेकोप्रति फार्मेसी संघले आपत्ति जनाएको छ ।
नेपाल फार्मेसी संघले स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागलाई विज्ञप्ति जारी गर्दै सरकारले पारासिटामोलको तौल बढाउन लागेकोप्रति आपत्ति रहेको जनाएको हो ।
संघले पारासिटामोल ६५० मिलिग्रामको आयात अनुमति दिनुपर्ने कुनै कारण नभएकोले अनुमति दिन नहुने संघका अध्यक्ष अमृत खनालले बताए । त्यस्तै भेटेनरी औषधि सम्वन्धमा २ को ग लाई पूर्ण रुपमा हटाउनलाई माग गरेको छ ।
बिहीवार बसेको औषधि सल्लाहकार समितिको बैठकले पारासिटामोल ६५० एमजीमा दर्ता गर्ने तयारीको बिषयमा छलफल गरेको थियो ।
 
                
                
                     Last modified on 2022-03-25 07:49:52                
                 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                