नेपालमा वार्षिक झन्डै ४० हजार क्षयरोगका बीरामी उपचार बाहिर
 
            काठमाडौं,९ चैत । नेपालमा वार्षीक झन्डै ४० हजार क्षयरोग पत्ता लागेका बीरामी उपचार बाहिर रहेका छन् ।
बुधवार विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग केन्द्रले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा केन्द्रका निर्देशक डा.सञ्जय कुमार ठाकुरले नेपालमा वार्षीक झन्डै ४० हजार क्षयरोग पत्ता लागेका बीरामी उपचार बाहिर रहेको बताएका हुन् ।
ठाकुरले क्षयरोग नियन्त्रणका लागि यो एक चुनौतीको रुपमा रहेका बताएका छन् । त्यस्तै स्वास्थ्य सेवा विभागका निर्देशक डा.दिपेन्द्र रमण सिंहले क्षयरोग अन्त्य गर्नका लागि सबै जना लाग्नुपर्ने बताए ।
स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन प्रोख्रेलले क्षयरोग नियन्त्रणका लागि राज्यले लगानी बढाउन आवश्यक रहेको बताए । 
 
                
                
                     Last modified on 2022-03-24 08:47:20                
                 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                