शिक्षण संस्थालाई ३ दिनभित्र कार्यक्रमको विवरण पेश गर्न आयोगको निर्देशन
 
            काठमाडौं,८ चैत । चिकित्सा शिक्षा आयोगले विश्वविद्यालय, प्रतिष्ठान र शिक्षण संस्थाहरुलाई आफूले सञ्चालन गर्ने कार्यक्रमको विवरण पेश गर्न निर्देशन दिएको छ ।
आयोगले मंगलवार एक सुचना जारी गर्दै विश्वविद्यालय, प्रतिष्ठान र शिक्षण संस्थाहरुलाई आफूले सञ्चालन गर्ने कार्यक्रमको विवरण ३ दिनभित्र पेश गर्न निर्देशन दिएको हो ।
सुचनामा विश्वविद्यालयको कार्यक्रम सञ्चालन भएको शिक्षण संस्थामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्तर्फका प्रमाण पत्र तहका कार्यक्रम हालसम्म सञ्चालन भएका भए यसै शैक्षिक सत्रदेखि विश्वविद्यालय वा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदमध्ये कसका कार्यक्रम सञ्चालन हुने र नहुने कार्यक्रम विश्वविद्यालय वा परिषदबाट स्पष्ट रुपमा खुलाएर पठाउन भनिएको छ ।
 
                
                
                     Last modified on 2022-03-23 09:44:08                
                 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                