अस्पतालमा बिरामीको चाप बढेपछि टोकन प्रणाली लागु



Download our app to get more features

गुल्मी,८ चैत । गुल्मीको सरकारी अस्पतालमा बिरामीको चाप बढेपछि टोकन प्रणाली लागु गरिएको छ । बिरामीको समस्यालाई मध्यनजर गर्दै टोकन प्रणाली लागु गरिएको अस्पतालले जनाएको छ । 

टोकन प्रणाली सुरु भएपछि अस्पतालको बहिरंग विभागमा आएका बिरामीले टिकट काट्न र डाक्टरलाई जाँच गराउन लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने अस्पतालले बताएको छ । 

गुल्मी जिल्ला अस्पतालमा अहिले दैनिक ३ सय भन्दा  बढी बिरामी बहिरंग विभागमा आउने गरेका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts