मन्त्रालयको सुचना पछि २३ टेस्टट्यूब बेबी सेन्टर दर्ता प्रक्रियामा
 
            काठमाडौं,८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको सुचना पछि २३ टेस्टट्यूब बेबी सेन्टर दर्ता प्रक्रियामा आएका छन्।
टेस्टट्यूब बेबी सेन्टरहरु अनुमति नलिई सञ्चालनमा रहेका भन्ने समाचार बाहिर आएपछि मन्त्रालयले सेन्टरहरुलाई निवेदनसहित दर्ता प्रक्रियामा आउँन निर्देशन दिएको थियो । निर्देशन पछि २३ टेस्टट्यूब बेबी सेन्टर दर्ता प्रक्रियामा आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले १५ दिनको समय दिएर दर्ता प्रक्रियामा आउन निर्देशन दिएको थियो । यदि तोकिएको समयभित्र दर्ता प्रक्रियामा नआए कानून बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको थियो । 
यी हुन दर्ता प्रक्रियामा आएका  टेस्टट्यूब बेबी सेन्टरहरु:
-वात्सल्य नेचुरल आईभीएफ प्राली,काठमाडौं
- मनमोहन आईभीएफ सेन्टर प्राली,स्वयम्भु, काठमाडौं
-होप फर्टिलिटी एन्ड डायगनोस्टिक प्राली, बबरमहल, काठमाडौं
 
-स्नेह फर्टिलिटी सेन्टर प्राली, काठमाडौं
-भेनस हस्पिटल प्राली, मध्यबानेश्वर काठमाडौं
-बरदान फर्टिलिटी सेन्टर प्राली, काठमाडौं
-नेपाल इन्टरनेशनल फर्टिलिटी एन्ड लाप्रोस्कोपिक सेन्टर, पुल्चोक, ललितपुर
-क्रियटर्स आईभीएफ नेपाल प्राली,सातदोबाटो, ललितपुर
-नोबेल मेडिकल कलेज,बिराटनगर
-बिराट नर्सिंग होम प्राली,बिराटनगर
-अल्का अस्पताल प्राली,जावलाखेल
-ओम हस्पिटल एन्ड रीसर्च सेन्टर,चाबाहिल
-डेनिस हेल्थ क्लिनिक प्राली, बुटवल
-साहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर, पोखरा
-नेपाल परिवार नियोजन संघ,ललितपुर
-काठमाडौं मोडेल अस्पताल,प्रदर्शनिमार्ग
-पोखरा फर्टिलिटी क्लिनिक प्राली, पोखरा
-चितवन मेडिकल कलेज,चितवन
-होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर, पोखरा
-ग्रान्डी सिटी हस्पिटल प्राली,काठमाडौं
-इन्फर्टिलिटी सेन्टर प्राली, काठमाडौं
- माया आईभीएफ क्लिनिक प्राली,रुपन्देही
-एङगल फर्टिलिटी क्लिनिक प्राली,काठमाडौं
 
                
                
 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                