गत २४ घन्टामा ४ हजार ६१ कोरोना परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि
काठमाडौं,६ चैत । नेपालमा गत २४ घन्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ४ हजार ६१ कोरोना परीक्षण गरिएको छ । जसमा २ हजार ७ सय ९८ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २८ र १ हजार २ सय ६३ एन्टीजेन परीक्षण गर्दा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ३ सय ८२ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ लाख ६२ हजार ९ सय ६४ पुगेको छ।
गत २४ घन्टामा देशभर २२ हजार ६ सय ८७ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन ।