स्नातक तहको एकीकृत प्रवेश परीक्षा काठमाडौंमा मात्रै सञ्चालन हुने
काठमाडौं,६ चैत । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा काठमाडौं उपत्यकामा मात्रै सञ्चालन हुने बताएको छ ।
आयोगले आइतवार सुचना जारी गर्दै स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि एकीकृत प्रवेश परीक्षा काठमाडौं उपत्यकामा मात्रै सञ्चालन हुने बताएको हो ।
प्रवेश परीक्षाको कार्यतालिका सम्बन्धमा केही उम्मेदवारबाट द्विविधा भएको जानकारी भएकोले एकीकृत प्रवेश परीक्षाको परीक्षा केन्द्रहरु काठमाडौं उपत्यका भित्र मात्र रहने आयोगले जारी गरेको सुचनामा भनिएको छ ।
स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि एकीकृत प्रवेश परीक्षा यहि चैत १८ गतेबाट सञ्चालन हुँदै छ ।