रिक्त रहेको प्रमुख विशेषज्ञ पद बढुवाका लागि मन्त्रलयद्वारा आवेदन माग
काठमाडौं,६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको प्रमुख विशेषज्ञ पद बढुवाका लागि आवेदन माग गरेको छ ।
मन्त्रालयले आइतबार सूचना प्रकाशित गरी रिक्त रहेको स्वास्थ्य सेवा समूहको अधिकृत १२ औं तहको प्रमुख विशेषज्ञ पदमा बढुवाका लागि आवेदन माग गरेको हो ।
व्यक्तिगत विवरण सहित आवेदन १५ दिनभित्र मन्त्रालयको कर्मचारी प्रशासन शाखामा दर्ता गर्न भनिएको छ ।