देशभर ३ सय ९२ जना स्वस्थ हुँदा ५१ कोरोना संक्रमित थपिए
काठमाडौं,४ चैत । नेपालमा गत २४ घन्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ५ हजार १ सय १४ कोरोना परीक्षण गरिएको छ । जसमा २ हजार ५ सय ९२ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १२ र ३ हजार ३ सय २२ एन्टीजेन परीक्षण गर्दा ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ३ सय ९२ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ लाख ६२ हजार १ सय ७३ पुगेको छ।
गत २४ घन्टामा देशभर २९ हजार ३ सय ९० जनाले कोरोनाविरुद्वको खोप लगाएका छन ।