कोरोना खोपको पूर्ण मात्रा लगाएकालाई अस्पताल जाँदा अनिवार्य रुपमा पिसीआर गर्न नपर्ने
 
            काठमाडौं,४ चैत । कोरोना भाइरसको पूर्ण खोप लगाएकाहरुलाई अब अस्पताल जाँदा अनिवार्य रुपमा पिसीआर गर्न नपर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना खोपको पूर्ण मात्रा लगाएका वा कोरोना संक्रमणको कुनै पनि लक्षण नदेखिएकाहरु उपचारका लागि स्वास्थ्य संस्था वा अस्पताल जाँदा पिसीआर परीक्षण अनिवार्य रुपमा गर्न नपर्ने बताएको हो ।
त्यस्तै मन्त्रालयले २०७८ फागुन २३ गते सरकाले कोरोनाविरुद्वको खोप कार्ड अनिवार्य गरेको हुँदा स्वास्थ्य संस्था वा अस्पताल जाँदा खोप कार्ड अनिवार्य लैजानका लागि आग्रह गरेको छ । 
 
                
                
                     Last modified on 2022-03-18 15:37:16                
                 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                