बैतडीकी एक महिलामा कालाजार पुष्टि
 
            धनगढी,४ चैत । बैतडीमा एक महिलामा कालाजारको संक्रमण देखिएको छ ।
दोगडाकेदार गाउँपालिका–५ गोबडाकी ३७ वर्षीया एक महिलामा कालाजार पुष्टि भएको हो । धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                