नोबेल कलेजले पढाइ छुटेका विद्यार्थीका लागि छुट्टै कक्षा सञ्चालन गर्ने
काठमाडौं,३ चैत । विराटनगरस्थित नोबेल मेडिकल कलेजले पढाइ छुटेका विद्यार्थीका लागि छुट्टै कक्षा सञ्चालन गर्ने भएको छ ।
बुधबार काठमाडौंमा भएको छलफलमा कलेज प्रशासन र विद्यार्थीहरुबीच चार बुँदे सहमति गर्दै विगत चार महिनादेखि पढाइ छुटेका एमबीबीएस १५ औं ब्याचका विद्यार्थीहरुका लागि कलेजले छुट्टै कक्षा सञ्चालन गर्ने भएको हो ।
सहमति पत्रमा कलेजकातर्फबाट प्राचार्य प्रा.डा.रामहरी घिमिरे र सल्लाहकार डा.केपी शर्मासहित दश जना विद्यार्थीहरुले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा विद्यार्थीहरु अमृत रिजाल, सदिक्षा आचार्य, सदिक्षा चापागाई, दिपेश पौडेल, श्रद्धा मैनाली, अभिषेक मावो, राजन शाह, प्रशेष जोशी, मनोज न्यौपाने र तमुन्ना कार्कीले हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार १० जना विद्यार्थीहरुको पहिलो सेमेष्टरमा छुट भएको ४ महिनाको अध्ययन रिकभर गर्ने गरी चैत ७ गतेबाट २ महिनासम्मका लागि कलेजले छुट्टै कक्षा सञ्चालन गर्नेछ।