देशभर २ सय १३ जना स्वस्थ हुँदा ८२ कोरोना संक्रमित थपिए
काठमाडौं,२ चैत । नेपालमा गत २४ घन्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ६ हजार १ सय ७५ कोरोना परीक्षण गरिएको छ । जसमा ४ हजार ७ सय ९० आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ४१ र १ हजार ३ सय ८५ एन्टीजेन परीक्षण गर्दा ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ सय १३ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ लाख ६१ हजार ५ सय ६१ पुगेको छ।
गत २४ घन्टामा देशभर १ लाख ५ हजार ४ सय २२ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन ।