आइओएमको सहायक डिनमा डा. प्रेमराज ज्ञवाली
काठमाडौंँ, १ चैत । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को सहायक डिनमा डा. प्रेमराज ज्ञवालीलाई नियुक्त गरिएको छ ।
त्रिवि कार्यकारी परिषदले आजबाट लागू हुने गरी फागुन २७ गते डा. ज्ञवालीलाई सहायक डिनमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को परिच्छेद ५१ को नियम १८२ (२) र (३) बमोजिम त्रिवि कार्यकारी बैठकले डा. ज्ञवालीलाई सहायक डिनमा नियुक्त गरेको बताइएको छ ।
Last modified on 2022-03-15 12:32:38