देशभर १ सय ४८ जना स्वस्थ हुँदा ५८ जना कोरोना संक्रमित थपिए
काठमाडौं,३० फागुन । नेपालमा गत २४ घन्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ५ हजार १ सय १८ कोरोना परीक्षण गरिएको छ । जसमा ६ हजार ५ सय ३९ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ५० र १ हजार ८ सय ७९ एन्टीजेन परीक्षण गर्दा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये १ सय ४८ स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ लाख ६१ हजार २ सय १८ पुगेको छ।
गत २४ घन्टामा देशभर ४ हजार ८ सय १९ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन ।