पोखरामा महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निः शुल्क स्वास्थ्य शिविर
 
            पोखरा,३० फागुन । पोखरा महानगरपालिका–११ रानीपौवामा महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निः शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।
मार्गदर्शन महिला समूहद्वारा आयोजित सो शिविर गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाको आर्थिक सहयोग गरेका थिए। उनले प्रदेशसभा सदस्य भएदेखिनै आफूले पाउने तलब, भत्ताबापतको रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आएका छन्।
शिविरको शुभारम्भ गर्दै मन्त्री थापाले प्रदेश सरकारले समेत क्यान्सर तथा पाठेघर मुखको क्यान्सरबाट पीडित महिलालाई उपचारका लागि सहयोग गर्दै आएको जानकारी दिए।
त्यस्ता बिरामीलाई सङ्घीय सरकारले रु एक लाख र प्रदेश सरकारले  रु ५० हजार उपचारार्थ उपलब्ध गराउँदै आएको छ ।  शिविरमा गण्डकी मेडिकल कलेजका स्त्रीरोग विशेषज्ञ डा अनु हीराचनसहितको स्वास्थ्यकर्मीको टोलीले १६१ महिलाको स्वास्थ्य परीक्षण गरेको थियो । 
रासस

 
                                    
 
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                